गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि कतारदेखि साउदीसम्मको चासो

काठमाडौं। नेपालको महत्वकांक्षी आयोजनामध्येको एक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिईने प्रस्ताव भएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिन सरकारले दूतावासमार्फत प्रस्ताव माग्ने भएको हो । सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा सञ्चालन गर्न लागेको उक्त विमानस्थलका लागि कम्पनी छनोट भने ‘जीटूजी’ मोडलमा गर्न लागिएको हो । मन्त्रालयले आधा दर्जन दूतावासमा पत्र पठाएर प्रस्ताव माग्ने तयारी गरेको छ ।

पीपीपी मोडलमा सञ्चालनको लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ । “विमानस्थल सञ्चालन पीपीपी मोडलमा हुने र छनोट जीटूजीबाट गर्न लागिएको हो,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने । विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्दासमेत कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषय नटुंगिएपछि नागरिक उड्डयन प्राधिकरणले आफैं सञ्चालनको तयारी सुरु गरेको थियो । सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ महिनाअघि अर्थ मन्त्रालयमा भैरहवा विमानस्थल निर्माण पीपीपी मोडलमा सञ्चालनको प्रस्ताव पठाएको थियो ।

“अर्थ मन्त्रालयबाट विमानस्थल पीपीपी मोडलमा सञ्चालनको लागि सहमति आएको र सोहीअनुसार कम्पनी छनोट पनि अगाडि बढेको छ,” मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीका अनुसार भैरहवा विमानस्थल सञ्चालनको लागि कतार, साउदी अरेबिया, म्युनिखलगायत एयरपोर्ट तथा विमानस्थलबाट चासो देखाइएको छ । पहिलो चरणमा जीटूजीअनुसार दूतावासमार्फत प्रस्ताव माग्ने मन्त्रालयले तयारी छ भने जीटूजीमा सम्भव नभएमा आशयपत्र (एलओआई)  मागेर अगाडि बढ्ने समेत मन्त्री अधिकारीले जानकारी दिए ।

विमानस्थल आगामी जुनभित्रै सञ्चालन गर्नेगरी काममा तीब्रता दिइएको बताउँदै मन्त्री अधिकारीले पीपीपीको प्रक्रिया सम्पन्न नभएसम्म प्राधिकरणले आफँै केही समय विमानस्थल चलाउने समेत जानकारी दिए आजको कारोबार दैनिकमा खबर छ ।

विस्तृत खबर पढ्न यहाँ क्लिक गर्नुहोस