डा. केसीको अनशन स्थगित, माग पूरा नभए पुनः सत्याग्रहको आन्दोलन

काठमाडौं। चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्। कात्तिक १७ गते डडेलधुरामा अनशन सुरु गरेका केसीले मंगलबार ९ औं दिनमा स्थगित गरेका हुन्।

राष्ट्रियताको संवदेनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवदेनालाई हृदयंगम गर्दै अनशन स्थगित गरेको विज्ञप्तिमार्फत् केसीले जानकारी गराएका छन्। उनले माग पूरा नभए पुनः सत्याग्रहको आन्दोलन जारी रहने बताएका छन्।