‘राजा मन परेन भन्दैमा हुँदै नभएको कुरा गर्न मिल्दैन’ – माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललको भनाइ अनुसार राजा महेन्द्रले कालापानी बेचेको भन्ने ‘केवल हल्ला’ भएको मात्र बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालापानी भूमिबारे भारतसँग सहमति गरेको भन्ने हल्लामा कुनै सत्यता नरहेको र भारतसँग त्यस्तो दाबी गर्ने कुनै आधार, प्रमाण र सवुत नरहेको प्रष्ट पारेका हुन् ।

सोहि कार्येक्रममा बोल्दै उनले भने “भारतीय कुनै व्यक्तिले चलाएको हल्ला हो त्यो । त्यसको तरङ्ग यहाँसम्म आइपुगेको छ । मुखले दिएर हुँदैन । कसैले भनेर पनि हुँदैन । तथ्य प्रमाणका आधारमा त्यो नेपालकै भूमि हो । नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा हो भन्नेमा कुनै विवाद छैन, कसैले वि’वाद गर्ने ठाउँ छैन।”

राजा महेन्द्र मन परेन भन्दैमा कालापानी बेचे, भारतलाई सुम्पिए भनेर तर्क गर्न नहुने कुरा नेकपा पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले पनि उक्त कार्यक्रममा बताए । दुवै नेताहरुले एकसाथ बोल्दै सीमा समस्यामा पूर्वराजालाई जोड्न नहुनेमा जोड दिएका छन् । शासन–व्यवस्था मन परेन भन्दैमा जथाभावी बोल्न नहुने तथा यसले राष्ट्रियता, सीमा–समस्याको मुद्दा कमजोर बनाउने वहाँहरुको तर्क रहेको थियो।

उनले कार्यक्रममा भने “राजा मन परेन भन्दैमा हुँदै नभएको कुरा गर्न मिल्दैन । तत्कालीन राजा महेन्द्रसँग त्यस्तो सम्झौता भएको कुनै प्रमाण छैन । भारतीयसँग पनि त्यस्तो तथ्य छैन । यस्तो हल्लाले उल्टै भारतीय पक्षलाई नै बल पुग्छ।”