‘गो ब्याक चाइना’ भन्दै सर्लाहीका युवाहरुले गरे चिनियाँ राष्ट्रपतिको पुत्ला द’हन

सर्लाही। चीनले नेपालको भूमि मिचेकोमा सर्लाहीका स्थानीय युवाहरु आ’न्दोलीत भएका छन् । आन्दोलीत स्थानीय युवाहरुले चीनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला द’हन गरेका छन् । उनीहरु प्रदर्शनमा ‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उत्रिएका थिए । तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ ।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ । चीनले सबैभन्दा बढी सिन्धुपाल्चोकको खराने खोला स्थित ७ हेक्टर जमिन मिचेको छ ।

त्यसैगरी हुम्लाको भाङदारे खोलामा ६ हेक्टर जमिन हडपेको छ । हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोसी र संखुवासभाको अरुण नदीमा ४/४ हेक्टर जमिन चिनले मिचेको प्रतिवेदनमा छ । यसबाहेक चीनले रसुवाको विभिन्न ४ स्थानमा ६ हेक्टर जमिन ह’ड’पे’को छ ।

प्रतिवेदन अनुसार रसुवाको सन्जेन खोला क्षेत्रमा २ हेक्टर, भुर्जुग खोला क्षेत्रमा १ हेक्टर, लेम्दे खोला र जम्बु खोला गरी ३ हेक्टर जमिन मिचिएको छ ।