पर्यटनमन्त्रीद्वारा एकाएक राजीनामाको घोषणा, लाग्यो यस्तो गम्भीर आ’रोप

काठमाडौँ । सबैलाई चकित पार्दै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीले एकाएक राजीनामाको घोषणा गरेका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजीनामा दिएका हुन ।

आइतवार रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता मानिएका रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठगीको उजुरी दिएका थिए । रावलसहित ३६ जनावि’रुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अ’भियोग पत्र दायर गरेको थियो।

भदौमा मुद्दा दर्ता भएपनि रावल भने कात्तिक ६ गते मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएकै दिन रावलको बयान लिइएको थियो । सोही दिन बयान सकिएर थुनछेक आदेश समेत जारी भएको थियो । जिल्ला न्यायाधीश गोपाल वास्तोलाको इजलाशले रावललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । त्यस्तै भारतीय हस्तक्षे’पबि’रुद्ध देश आन्दोलनमय भइरहेका बेला सत्तारुढ दलका २ अध्यक्ष केपी ओली र प्रचण्ड भने गोप्य छलफलमा जुटेका छन् ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेको स्रोतले बतायो। अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको र आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतले बतायो। नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन्।