यस्ता गल्ती गर्नाले लाग्छ लामो समयसम्म रुघा

कम पानी पिउनु : मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ । पानी, जुस र सूप प्रशस्त पिउनुस् ।

गलत खानपिन : बिरामी भएपछि धेरैजसो मानिसले खानपिन छोडिदिन्छन् वा मसलायुक्त खानेकुरा खान्छन् । यसले शरीरलाई हानि गर्छ । बिरामी हुँदा शरीरलाई पोषक तत्त्व दिनुपर्छ । सही खानपान नहुँदा रुघाले लामो समयसम्म सताउँछ ।

तनाव : आजकल धेरै मानिस तनाव लिइरहेका हुन्छन् । तनाव नै धेरैथरी रोगको कारण हो भनी धेरैथरी अनुसन्धानले देखाएका छन् । तपाईंलाई पनि लामो समयसम्म रुघा लागेको छ भने चिकित्सकबाट परीक्षण गराउनुस् किनकि तनावका कारण पनि यसो भएको हुनसक्छ ।

व्यायाम : आवश्यकताभन्दा बढी व्यायामले पनि स्वास्थ्यलाई हानि गर्छ । बिरामी हुँदा व्यायाम गर्नु हुँदैन । रुघा लाग्दा एकदमै हलुका व्यायाम मात्र गर्नुस् ।

निद्रा : व्यस्त जीवनशैलीका कारण मानिसहरू भरपूर निद्रा लिन पाउँदैनन् जसले गर्दा उनीहरूको रुघा ठीक हुँदैन । पूरा निद्रा लिनुभयो भने छिट्टै ठीक हुनुहुनेछ ।