भारतवि’रुद्ध सशक्त बन्दै देउवा, आन्दोलन च’र्काउन नेविसंघलाई कडा निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतवि’रुद्ध सश’क्त रुपमा प्रस्तुत भैरहेका छन्।

उनले आफ्नो पार्टीका विद्यार्थी संगठन नेविसंघका नेताहरुलाई भारतवि’रुद्धको आन्दोलनलाई अझै स’शक्त पार्न क\डा निर्देशन दिएका छन्।

भारतले लिपुलेका कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेपछि भइरहेको बि’रोध कायक्रमलाई स’शक्त पार्न सभापति देउवाले विद्यार्थी नेताहरुलाई नि’र्देशन दिएका हुन्।

नेविसंघ नेताहरुसँग शनिबार बिहान बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा सभापति देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको एक नेताले जानकारी दिए।

शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन च’र्काउने योजनाअन्तर्गत रहेर काम गर्न देउवाले निर्देशन दिएको नेताहरुले बताए । उनले भारतीय नक्सा सच्याउनका लागि द’बाब दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताए ।