किसानले बाेरामा भरेकाे धानलाई प्रहरीले खेतबाटै लग्यो

कपिलवस्तु । जनताले का’टेर घर लैजान ठिक्क पारेर बोरामा भरेर राखेको धान खेतबाटै प्रहरीले उठाएर लगिदिएको छ । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका -११ देउवाबार मा किसानले जोतभोग गर्दै आएको जग्गाको धान प्रहरीले क’ब्जामा लिएको हो । गत बिहिवार ईलाका प्रहरी कार्यालयले खेतमा बोरामा भरेर राखिएको ६० क्विन्टल धान कार्यलयका प्रहरीले ट्या’क्टरमा हालेर लगेका स्थानीय किसान भगवानदास चौधरीले बताएका छन ।

उनको अनुसार साझ ६ बजेतिर आएर बोराहरुमा राखेको सबै धान उ’ठाएर लगेका हुन, गाउकै जमिनदारको मिलेमतो मा यस्तो गरेको चौधरीले बताए । याे जग्गा ज’नयु’द्वमा भु’माफि’याहरूबाट खाेसेर त’त्कालिन मा’ओवादीले आफ्नाे नि’यन्त्रणमा लिइ जग्गा नहुँने स्थानीयहरूलाइ उपभाेग गर्न दिएकाे थियाे । त्यही अनुसार स्थानीयहरूले यसमा उ’पभाेग गर्दै आएका थिए ।