शक्तिशाली भूकम्पको ध’क्का, ५ जनाको मृ’त्यु ३०० जनाभन्दा बढी घा’इते

तेहरान। इरानमा शक्तिशाली भूकम्प गएको छ । इरानी अधिकारीहरुले दिएका पछिल्लो जानकारीअनुसार भूकम्पमा परी ५ जनाको मृ*त्यु भएको छ भने ३०० जनाभन्दा बढी घा*इते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान २ः१७ बजेमा इरानको पूर्वी अजरबैजन प्रेदशमा केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो।

आपतकालिन चिकित्सा सेवाका अधिकारीहरुले इरानको सरकारी टेलिभिजनलाई दिएको जानकारी अनुसार भूकम्पका कारण अजरबैजन पहाड चिराचिरा परेका छन् ।त्यस गाउँका ३० भन्दा धेरै घर नष्ट भएका छन् । एपी