भारतको नक्सामा नेपाली भूमि समेटिए पछि देउवाले भारतीय राजदूतलाई फोन गरेर के भने ?

काठमाडौँ। भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गरेका छन् ।

सो क्रममा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको काँग्रेसले जनाएको छ ।

नक्सा प्रकरणमा विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने पार्टीको धारणा रहेको उल्लेख गरेका छन् ।

‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ’ विज्ञप्तिमा भनिएको छ ।कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र कुनैपनि भुमीमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।’

भारतीय नक्सामा नेपाली भूमि समेटिएको पाइएपछि त्यसको नेपाल व्यापक विरोध भइरहेको छ।