स्वस्तिमा खड्काको नदेखिएको रूप, हेर्नुस् १० तस्बिरमा

काठमाडौँ। चलचित्र ‘होस्टल रिटन्र्स’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका हुन् स्वस्तिमा खड्का। उनले उक्त चलचित्रबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड समेत जितेकी थिइन्।

चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गरिएको गीत ‘कुटुमा कुटु’ गरेको नृत्यले उनले निकै लोकप्रियता हासिल गरिन्। उक्त गीत हिट भएपछि उनले लाखौ फ्यान कमाउन सफल भइन्।

निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी स्वस्तिमा अभिनीत चलचित्र ‘बुलबुल’ आउँदो फाल्गुन ३ गते रिलिज हुँदैछ। चलचित्रमा उनी एक महिला टेम्पो चालकको भूमिकामा देखिँदैछिन्। चलचित्रले टेम्पो चालक महिलाको दैनिकी र संघर्षलाई उतारेको छ।

हेर्नुस् उनले आफ्नो आधिकारिक इन्टाग्राममा पोस्ट गरेका १० आफ्ना तस्बिर।