उपचुनाव नलड्ने धनराज गुरुङको घोषणा

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट कास्की–२ मा यसअघि उम्मेदवारको चर्चामा रहेका काँग्रेस नेता धनराज गुरुङले नउठ्ने घोषणा गरेका छन्। उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर नेता गुरुङले कास्की–२ मा आफू नउठ्ने जानकारी गराएका हुन् ।

कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन् । मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकमा समेत कुरा नमिलेपछि बैठक आज पनि बसिरहेको छ । बुधबारको पदाधिकारी बैठकमै पुगेर गुरुङले कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बनाउन सुझाव दिएका हुन् । सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजकि गरेका छन् ।

गुरुङले ‘मेरो उमेदवारीको चर्चा बारे !’ भन्दै लेखेका छन्

‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको सन्दर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गरेकोछु ! पार्टी भन्दा व्यक्ति माथी कहिल्यै हुन सक्दैन ।’