सातै प्रदेशमा प्रमुखकाे नाम सिफारिस (नामसहित)

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएकाे थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो।

पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डाै) को नाम सिफारिस गरेको छ।

कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकाेमा सिफारिस गर्ने महासचिव पाैडेलले बताउनु भयाे।