‘इज्जत नभएर मात्र हो, कमाइ भने निकै राम्रो छ’

काठमाडौँ। ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ । काठमाडौँ महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भइआएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विष्णुमती करिडोर निर्माणका लागि बसपार्कले झण्डै १० रोपनी जग्गा उपलब्ध गराएको छ । विस २०५६ सालमा काठमाडौँ महानगरपालिकाका प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्क स्थल निर्माण गरिएको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिबाट सञ्चालनमा रहेको बसपार्कभित्र हाल पेट्रोल पम्प, टिकट काउन्टर, ग्यारेज, खाजा घर, कान्तिपुर मल, नवनिर्मित ल्होत्से मल, ट्राफिक प्रहरी वृत्त र महानगरीय प्रहरी प्रभाग गोँगबु रहेका छन् । सुविधासम्पन्न सपिङ मलको रुपमा निर्माण सम्पन्न हुन लागेको ल्होत्से मल साततलाको हो । प्रालिका अध्यक्ष दीपक कुँवर पछिल्लो समय नयाँ बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै लगिएको बताउनुहुन्छ । “बसपार्कभित्र अवैध रुपमा सञ्चालनमा रहेका घरटहरालाई हटाएर व्यवस्थित रुपमा सञ्चालन गर्न खोजेका छौँ,” उहाँले भन्नुभयो ।ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि झण्डै ३५ मजदूर दैनिक रुपमा खटिन्छन् । ल्होत्से बहुउदेश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र पनि स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्ने गर्छ । बसपार्कभित्र निर्माण गरिएका बगैँचाले यात्रुहरुलाई शीतलता दिन थालेको छ ।

यस्तै, नयाँ बसपार्कभित्र अपाङ्गमैत्री शौचालय समेत निर्माण भएको छ । ल्होत्से प्रालिको रु २५ लाखको लगानीमा निर्माण भएको उक्त शौचालयभित्र ह्वीलचियर समेत लैजान मिल्छ ।विसं २१०२ सम्म सञ्चालन गर्न पाउने गरी सम्झौता भएको बसपार्कमा एक हजारको हारहारीमा सवारी साधन पार्किङ गर्न मिल्छ । बसपार्कमा चाँडै नै ई–टिकेटिङको व्यवस्था गर्न लागिएको छ । ल्होत्सेले हाल काठमाडौँ महानगरपालिकालाई रु एक करोडभन्दा बढी वार्षिक रुपमा राजश्व तिर्दै आएको छ । ल्होत्सेले विसं २०५६ मा काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालनको जिम्मा लिँदा प्रतिवर्ष रु ५२ लाख राजश्व तिरेको थियो । उक्त राजश्व वार्षिक रुपमा वृद्धि हुँदै विस २१०२ सम्म पुग्दा झण्डै रु चार करोड ६४ लाख पुग्नेछ । ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ ।

नयाँ बसपार्कबाट अहिले पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत गर्ने गरेको प्रालिका महाप्रबन्धक सुनिल कुवँर बताउनुहुन्छ ।पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको समेत व्यवस्था मिलाएको छ ।नेपाल यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला नयाँ बसपार्क पछिल्लो समय बस पार्किङका लागि साँघुरो हुँदै गएको बताउनुहुन्छ । “काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधन नयाँ बसपार्कमा ल्याउने हो भने साँघुरो हुन्छ, सरकारले नयाँ बसपार्कको खोजी गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ ।

हाल नयाँ बसपार्कबाहेक गोँगबु, पुरानो बसपार्क, गौशाला, कलङ्की, कोटेश्वर र सोह्रखुट्टेबाट सवारी साधन विभिन्न जिल्लामा छुट्ने गरेका छन् । पछिल्लो समय आर्थिक गतिविधिको एक मुख्य थलोको रुपमा नयाँ बसपार्क सञ्चालन हुँदै आएको छ । नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौँ महानगरपालिकालाई धेरै राजश्व सङ्कलन हुने गरेको बताउनुहुन्छ । नयाँ बसपार्क र ठमेलको केही भाग पर्ने काठमाडौँ महानगरपालिका–२६ बाट आर्थिक वर्ष २०७५÷०७६ मा रु १६ करोड राजश्व सङ्कलन भयो । नयाँ बसपार्क क्षेत्रमा टोखा नगरपालिकाको वडा नं ९ पर्दछ । टोखा नगरपालिका – ९ का अध्यक्ष जोगप्रसाद नेपालका अनुसार यस बसपार्कबाट आव २०७५÷७६ मा दुई करोड २२ लाख राजश्व उठ्यो ।

यौ’न व्यवसायीका आफ्नै इलाका, मासिक डेढ लाख कमाउने दाबी

काठमाडौंका सडकमा ग्राहक खोज्दै हिँड्ने यौ’नकर्मी महिलाहरू हरेकजसो साँझमा भेटिनु नयाँ होइन । यौ’नकर्म उनीहरूको रहर हो कि बाध्यता, अनुमान गर्न मुस्किल छ । तर उनीहरूमध्ये धेरैैको भनाइलाई मान्ने हो भने यो पेसा उनीहरूको रहर नभएर बाध्यता हो ।

मूलतः दुर्गम गाउँबाट राजधानी शहर आएर राम्रो कमाएर सुखी जिन्दगी बाँच्छु भनेर आएका युवती तथा महिलाहरू यहाँ आइसकेपछिको यथार्थ र पारिवारिक–आर्थिक समस्या भएपछि यौ’न व्यवसायमा लागेका पाइन्छ । काठमाडौंमा मात्र नभएर काठमाडौंबाहिरका मुख्य शहरहरूमा समेत यस्तो व्यवसायबाट गुजारा गरिरहेका युवती र महिलाहरू निकै भेटिने गरेका छन् ।

शारीरिक सन्तुष्टि

काठमाडौंको नयाँ बसपार्कमा बस्ने एक यौ’नकर्मी महिलासँग कुरा गर्न खोज्दा उनी बोल्न चाहिनन् । उनकै सिफारिसमा अर्कीसँग कुराकानी गर्ने मिति र स्थान भने तय भयो । उनीसँगको भेटमा कुराकानीको सुरुवातमै भनिन्, ‘मलाई सबैले हेला गरे । म घर र माइतीबाट अपहेलित भएकाले यस पेसामा लागेकी हुँ । मेरो नाम दिए पनि केही हुन्न ।’ उनी निर्धक्क कुराकानी गर्न राजी भइन् । ‘फ्रिमा के कुरा गर्नु ? वियर त खुवाउनु’ भनेपछि मैले वियर मगाएँ । उनी वियर खाँदै कुराकानीमा अगाडि बढिन् ।

उनले कुराकानीको सुरुमै यौ’नकर्म आफ्नो रहर नभएको, बाध्यताले मात्र गर्नुपरेको बताइन् । बाध्यताले सन्तान र आफ्नो पेटपालनका लागि सबैभन्दा छिटो पैसा कमाउने पेसा भनेर काठमाडौं छिरेकी रहिछन् उनी । गुजारा चलाउन मुस्किल भएर पैसाका लागि यस्तो पेसामा आउन बाध्य भए पनि आफूलाई यौ’न सन्तुष्टि पनि हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘छोरा मान्छेले महिनावारीको बेला पनि पैसा तिरिहाल्छन् । तर मलाई सन्तुष्टि नहुने भएकाले महिनावारी भएको बेला भने ग्राहक खोज्दिनँ ।’

आफू सन्तुष्ट पनि हुने र पैसा कमाउन पनि पाइने भए पनि प्रहरीसँग भागेर यौ’न पेसा गरिरहनुपरेको उनको भनाइ थियो । उनका अनुसार रेड लाइट एरिया भए ढुक्कले व्यवसाय गर्न सकिन्थ्यो ।

यौ’नकर्मीको आफ्नै इलाका

रत्नपार्ककी एक यौ’नकर्मी नयाँ बसपार्क एरिया गइन् । नयाँ बसपार्क जानुको कारण भने त्यहाँ बढी मानिसको चाप भएकाले ग्राहक पाउन सहज हुनेरहेछ । एउटा समूह आएर उनलाई सोध्न थाल्यो, ‘कहाँबाट आइस् ? किन आइस् ? तेरो इलाका यो हो ?’ उनलाई विभिन्न अपशब्द प्रयोग गरे उनीहरूले । उनलाई थाहा थियो, आफ्नो इलाका नभएकाले त्यहाँ जोगिनुपर्छ भनेर ।

उनीमाथि विभिन्न आरोप र अपशब्द रोकिएनन् । उनले पनि ‘तेरो मात्र अधिकार चल्दैन । यो सार्वजनिक ठाउँ हो’ मात्र के भनेकी थिइन्, उनीमाथि हातपात सुरु भयो । उनको कपाल लुछ्ने काम भयो । उनीहरू ४–५ जनाको समूह भएकाले उनी एक्लैले केही गर्न सक्ने कुरा भएन । धेरै कु’टाइ खाएको बताइन् उनले । यसैबीच प्रहरी सिटी फुक्दै आएपछि भने उनको ज्या’न बचेको उनले बताइन् ।

महिनामा डेढ लाख कमाइ

यौ’न पेसा गर्नेको संख्या प्रत्येक वर्ष बढेको विभिन्न तथ्याङ्कहरू बाहिर आउने गरेका छन् । यस विषयमा यौ’नकर्मीहरूको कुरा सुन्दा सुरुमा उनीहरूले बाध्यताको कुरा गरे पनि खास रहर नै भन्ने बुझिन्छ । यौ’नकर्मीहरूको भनाइलाई आधार मान्ने हो भने सडकमा ग्राहक खोज्नेको मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने गरेको छ । दिनमा चार जनासम्म ग्राहक उनीहरूका लागि सामान्य हो ।

यौ’नकर्मीका अनुसार इज्जत नभएर मात्र हो, कमाइ भने निकै राम्रो छ । ‘यत्रो कमाइ भएपछि किन दिनभर पसिना बगाउने, किन विदेश जाने, होइन ?’, उनले वियरको घुट्को तान्दै भनिन्।