दरबार का’ण्ड अघि राजा वीरेन्द्र र भुटानी राजा जिग्मेबीचको गोप्य छलफल

काठमाडौं। नेपाल र भुटानको राजसंस्थाबीच नजिकको सम्बन्ध थियो । सन् १९६० को दशकमा काठमाडौंमा शरणार्थी बनेका डेशो लेन्डुप दोर्जीलाई भुटानको राजसंस्थाविरुद्ध नजान राजा महेन्द्रले सम्झाएका थिए । राजा महेन्द्र भुटानको राजसंस्थासँगको निकट सम्बन्ध बिगार्न चाहँदैनथिए । उनले दोर्जीलाई शरण दिए र फर्कने वातावरण पनि बनाइदिए ।

दोर्जी सन् १९७२ मा भुटान फर्किएर राजसंस्थासँग नजकिएका थिए । रानी फुनट्सो चोदेन वाङचुक नेपालमा तीर्थयात्राका लागि रहँदा नेपालको राजसंस्थाले खुबै हेरविचार गरेको थियो । दुई देशबीच शरणार्थीको विषयमा समस्या थियो । नेपाली मूलका भुटानी थालथलोबाट लखेटिएपछि नेपालको राजसंस्थाले पनि चासो लियो ।

राजा वीरेन्द्र र भुटानका राजा जिग्मे सिग्मे वाङचुबीच भुटानी शरणार्थी समस्याको समाधान गर्नेबारे गोप्य छलफलमा थिए । अनौपचारिक तरिकाले छलफल भएको थियो । दुवै देशका राजाले दूतहरुमार्फत् छलफल बढाएका थिए । दुई देशका राजाहरुले यो समस्या समाधान गर्न गम्भीरता देखाइरहेका थिए । उनीहरुले गोप्य छलफल गरी समाधानको उपाय निकाल्दै थिए । योजना बन्दै थयो । त्यति नै बेला १९ जेठ २०५८ मा नेपालमा राजदरबार ह त्याका’ण्ड भयो । वीरेन्द्रको वंशना’श भयो । गोप्य छलफलमा ब्रेक लाग्यो ।

(यो समाचार डा. डिएनएस ढकालले २९ अक्टोबरमा गैर आवासीय भुटानीको अनलाइन पत्रिकामा लेखेको लेखका आधारमा तयार पारिएको हो)