कांग्रेस परित्यागको लहर चल्यो, निर्वाचित वडाध्यक्ष सहित ३०० जना नेकपामा प्रवेश

बैतडी। बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । राप्रपाबाट निर्वाचित वडाध्यक्ष नै नेकपामा प्रवेश गरेपछि यो लहर देखिएको हो।

मेलौली नगरपालिका–३ का वडाध्यक्ष रघुवीरसिंह भाटले शुक्रबार नेकपामा प्रवेश गर्नुभयो । नेकपा मेलौली नगरकमिटीले आयोजना गरेको शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडाध्यक्ष भाट नेकपामा प्रवेश गर्नुभएको हो।

भाटले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका–३ मा राप्रपाबाट वडाध्यक्ष पदमा जीत हासिल गर्नुभएको थियो । मेलौलीमा राप्रपा र कांग्रेस परित्याग गरेर ३०० जनाले नेकपामा प्रवेश गरेका छन् । यस्तै, कार्यक्रममा नगरकमिटी र वडाकमिटिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थियो।