सलमानको फिल्ममा सुनिल थापा

काठमाडौं। “मेरी कोम”बाट बलिउडको यात्रा शुरु गरेका नेपालका चर्चित कलाकार सुनिल थापाले अर्को हिन्दी फिल्म खेल्ने भएका छन् । उनले सलमान खानको प्रोडक्सनमा निर्माण हुन लागेको “क्वाथा “फिल्ममा देखिने पक्का भएको छ ।

फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए । अर्को साता विरगन्जमा हुने स्वर्णिम नेपाली फिल्म महोत्सव को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै क्वाथा मा देखिने बताएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।