निवर्तमान सभामुख महरा यसकारण धरौटीमा छुट्न सक्ने

काठमाडौं । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथी ब ला त्का रको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी छ ।

बिहिबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महरावि’रुद्ध बिहीबार मुद्दा दर्ता गरेको थियो ।

नेपालको कानूनले महिलासंगको व्यवहारमा अलि कडा रुख अवलम्वन गरेर पि’डितलाई न्याय दिन्छ ।

तापनि पि’डित स्वयंले म माथी कुनै घटना भएको छैन भनेको अवस्थामा अदालतलाई आ’रोपी प्रति अति कठोर हुने वातावरण अलिकति कम हुन्छ ।

हरेक मु’द्धामा पि’डितले प्रहरीको दवावमा दिएको बयान र अदालतमा न्यायाधीश अगाडी दिने बयान फरक हुन्छ ।

प्रहरीका अगाडी कबुल गरेको कुरा अदालतमा ठहर्दैन फेरिन्छ, फेरिएको हो भन्ने कुरा न्यायाधीशलाई पनि जानकारी हुन्छ तापनि न्यायाधीशले प्रहरीको अनुसन्धान,सरकारी वकिलको अभियोजन आदिलाई भन्दा तत्काल पि’डितले दिएको बयानलाई प्रधान प्रमाण मान्नु पर्छ । यो नै कानूनको सर्वमान्य सिद्धान्त हो ।

अदालत कहिल्यै पनि अन्र्तयामी भएर निर्णय गर्न मिल्दैन, पिडित भनिएकी रोशनीको बयानलाई प्रमुख आधार मान्नु पर्ने हुन्छ ।

यदि प्रहरीको अनुसन्धान, कुनै पत्रकारले बनाएको भिडियो, सरकारी वकिलको लेखनलाई मात्र आधारमानेर कसैलाई द’ण्ड दिइदैन दिन पनि हुँदैन ।

पि’डकका कुरा पनि न्यायाधीशले नै सुन्दछन् पि’डितका कुरा पनि न्यायाधीश कै अगाडी बोल्नु पर्छ ।

हरेक आरोपीले सामान्यता ९९ प्रतिशत मु’द्धामा आफु दो’षि छु भन्दैन । जुन कुरा शुक्रबारको थुनछेक बहसमा महराले भनी सकेका छन् ।

अर्थात उनी त्यो दिन तीनकुने गएको तर रोशनीको हो त्यो कोठामा गएको छैन भन्ने वयान दिएका छन् ।

अहिले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोगपत्रमा गत असोज १२ गते महरा रोशनी को कोठामा पुगेको र ब ला त्कारको प्रयास गरेको उल्लेख छ ।

महराले उक्त कोठामा गएको छैन भन्ने र सरकारी वकिलले गएको हो भन्ने दोहोरीको बीचमा प्रधान प्रमाणको रुपमा पि’डित को बयान नै हुन्छ ।

त्यहाँ भेटिएको चस्मा तथा अन्य सामान भेटिएको भन्ने कुरा त्यति बेलामात्र प्रमाण बन्दछन् जव पिडितले म माथि अन्याय भयो भनेको अवस्था हुन्छ ।

पि’डितले पि’डक त्यो दिन कोठमा आएकै होइन भने पछि । त्यहाँ चस्मा थियो वा अन्य चीज भेटिए भन्ने कुरा गौण हुन आउँदछ ।

चश्माको पावर सामान्यतया धेरै मानिसको मिल्न सक्छ । वा कसैले महरालाई फ’साउने नियतले यस्तो काम गरेको हुन सक्छ।

किनकी रोशनीको पहिलो लिखित बयानमा यस्तो भनिएको ।

असोज १२ गते रातिको समयमा मैले बे’होसी अवस्थामा घ’टना भएको भन्दै प्रहरीको कन्ट्रोल नम्बर एक सयमा फोन गरी प्रहरीलाई बोलाउन पुगेछु।

मैले फोन गरेपछि प्रहरी आएर कोठामा खानतलासी गर्दा कसैलाई भेट्टाउनु भएनछ । प्रहरी गएपछि पनि मैले कस–कसलाई बोलाएँ। के के भने थाहा पाइनँ।

म पछि होसमा फर्केर सामान्य अवस्थामा आउँदा विभिन्‍न मिडियामा मेरो र कृष्णबहादुर महराको नाम जोडेर विभिन्‍न किसिमका लाल्छना लगाउँदै आएका समाचार पढेर म नै अचम्ममा परेँ भन्ने जस्तो कुरा लेखेकी छन् ।

उनले असोज १२ गते राति आफ्नो कोठामा महरा आउँदै नआएको तर्क फेरि गरेकी छन् । उक्त दिन कृष्णबहादुर महरा मेरो कोठामा आउनु नै नभएकाले मिडियामा बाहिर आएका कपोलकल्पित समाचारहरु सबै झुटा छन् भनी यो निवेदन पेश गरेकी छु।

यसरी पि’डितले मलाई केही भएको छैन भने पछि त्यहाँ चस्माको टुक्रा भेटीयो भन्ने कुराको कुनै तर्क छैन ।

रोशनीले पटक पटक महरालाई आफ्नो अभिभावक भएको बताएकी छन् । अभिभावक भै सकेपछि महरा कुनै बेलामा महरा त्यो कोठामा गएको बेलामा चश्मा छुटेको हुन सक्छ ।

कसैले महरालाई नियोजित रुपमा फसाउका लागि चस्मा त्यो कोठामा लगेको पनि हुनसक्छ ।

अहिले नेपालका मन्त्री, प्रधानमन्त्रीले विभिन्न स्कुलमा पढ्ने बच्चाहरुको विद्यालय फिस तिरेर अभिभावकत्व लिएका हुन्छन्।

तिनीहरु बिमार भएमा, उनीहरुले खबर गरेमा जो कोही आफ्नो संरक्षणत्वमा रहेको मानिसलाई हेर्न जान सक्छन् ।

महरा पनि त्यसै गरी कहिले काहि रोशनीको गएको हुन सक्छ।

गिरीजाप्रसाद कोइरालाले राजतन्त्रबाट बाबु मा रिएका बालकृष्ण दाहालको उ’द्धार गरेका हुन् ।

त्यतिबेला उनी बालकृष्ण दाहालको घरमा गएका थिए । तसर्थ अभिभावकत्व ग्रहण गरेकी रोशनीको कोठामा गएकै रहेछन् भने पनि त्यो द’ण्डनीय बन्दैन ।

तसर्थ रोशनीको बयानले होइन भन्छ भने महरा कानूनको आँखामा नि’र्दोष देखिन्छन् ।

रोशनीले अदालतमा दिएको लिखत को पनि खासै अर्थ नरहला तर न्यायाधीशको अगाडी पनि उनले यहि प्रकृतिको बयान दिएमा अदालत सामु महरालाई सामान्य धरौटीमा छोड्नुको विकल्प रहदैन ।

अदालतले न्याय माग्नेलाई मात्र दिने हो । जसलाई न्याय दिइदै छ उसैले म अन्यायमा परेकै छैन भनी सकेपछि अदालत काल्पनिक कुरा जोडेर द’ण्डित गर्दैन ।

यस अर्थमा महरालाई धरौटीमा छोड्नु पर्ने अवस्था सृजना हुन्छ।

यद्यपी यो सरकारवादी फौज्दारी मु’द्धा भएकोले सरकार उच्च अदालतमा जान्छ ।

तर रोशनी शाहीको बयानमा माथि उल्लेखित निवेदन कै भाषा दोहोरिएमा महरालाई साधारण धरौटी मै रिहा गर्नु पर्ने हुन्छ ।

अदालतले ठोस आधार बिना कसैलाई द’ण्डित गर्दैन । जीवित पि’डितको बयानभन्दा ठूलो निर्दो’षिताको प्रमाण पत्र केही हुँदैन तसर्थ महरा धरौटीमा रिहा हुन सक्छन् ।