महरापत्नी सिताले दिइन् द’र्दनाक बयान

काठमाडौं। भूमिगत कालमा अनेकौ अप्ठ्याराहरु र मृ’त्युको मुखबाट उम्कदा पनि त्यति सारो दुःख नमानेकी पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरालाई अहिले सपनामा पनि नसोचेको ब’ज्र’पात परेको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीसँग लसपस भइरहेका समाचारहरु तत्कालिन माओवादी पार्टीका नेताहरुबीच गाइगुइ चलिरहँदा उनी भनी यो विषयबाट गुमनाम जस्तै थिइन् । सोझो र सरल स्वभावकी सीता आफ्ना पतीले यस्तो व्यवहार गर्लान भन्ने कहिले सोचेकी थिइनन् ।

एक्कासी रोशनी शाहीमाथि उनकै डेरामा पुगेर यौ न दु र्व्यवहार गरेको समाचार छ्यापछ्याप्ती भइरहँदा पनि उनलाई यसको पत्तै थिएन । धेरैपछि मात्रै उनले यो थाहा पाउँदा पृथ्वी घुमेजस्तै लाग्यो उनलाई । साथै उनले आफ्नो जीवनमा आफूले सदैव अगाध विश्वास र माया गरेको आफ्नो पतिबाट विश्वासघा’त मात्र होइन् व’ज्र’पातनै परेको अनुभव गरिनन् ।

उनले आफ्नौ पतिका विषयमा अदालतमा पुगेर बयान दिनुपर्छ भन्ने कल्पना समेत गरेकी थिइनन् । तर, उनका लागि पत्याउनै नसकिने घ’टना जीवनमा आइपर्यो । र, उनी विवशता साँध्दै बयान दिन पुगिन् ।महराकी पत्नी सीता महराले बयान दिएकी छन् । श्रीमती महराले पीडित महिलाको कोठामा गई जबर’ज’स्ती क रणी गर्न खोजेको र मेरो श्रीमानको मोबाइलबाट पीडितको मोबाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचार आएपछि उनले रि’स थाम्न सकेकी थिइनन् ।

बयानमा उनले च’र्को रि’सको बेलामा यी सबै कुराको कारक त्यही मोबाइल नै भएको भन्दै श्रीमानले प्रयोग गर्ने मोबाइल हातबाट खोसेर फुटाएको बताएकी छन् । फुटाएको मोबाइल कोठामा भए पनि बालुवाटार निवासबाट डेरासर्दा कहाँ पर्यो, थाह नभएको बताइन् ।

पछिल्लो चरणमा प्रहरीले हरेक घटनाको छानबिनका क्रममा मोबाइल फोन महत्वपूर्ण प्रमाणका रुपमा पेस गर्दै आएको छ।