तिहार लगत्तै बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ? (सूचीसहित)

काठमाडौं। नेपाली बजारमा साताको छैटौँ दिन आज (शुक्रबार) अमेरिकी डलरसहित सबै देशको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस् –