क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख आर्थिक सहयोग गर्ने समाजसेवी ईशा गुरुङको घोषणा

काठमाडौं। विदेशमा बस्दै आउनुभएकी समाजसेवी ईशा गुरुङले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।

उक्त कुरा समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो आफिसिय फेसबुक पेजमा जनाउँदै यस्तो लेख्नुभएको छ:

“प्रवासमा रहेर पनि नेपालका लागी निरन्तर सामाजिक काममा सक्रिय समाजसेवी आदरणिय दिदी ईशा गुरुङ्गले जनस्तरबाट निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएकोमा हामी निकै खुसी छौं । आदरणिय दिदीले धुर्मुुस सुन्तली फाउण्डेशनको हरेक परियोजनामा स्वस्फूर्त सहयोग गर्दै आउनुभएको छ । नेपालका लागी अनि नेपाली खेलाडीहरुको भविष्यको लागी निर्माण गर्न लागिएको यस परियोजनाका लागी सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोमा दिदी ईशा गुरुङ्गलाई हार्दिक धन्यवाद । यस राष्ट्रिय गौरवको परियोजनामा सम्पुर्णलाई आ-आफ्नो स्थानबाट जोडिनुभई यस परियोजना सम्पन्न पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं ।”