तिहारमा टीका लगाएर छमछमी नाचे पर्यटक (भिडियो)

पोखरा। विदेशी पर्यटकले समेत उल्लासका साथ पोखरामा भाइटीका मनाएका छन् ।

पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १३ औं भाइटिका महोत्सवमा सहभागी विभिन्न देशका पर्यटक निधारमा सप्तरंगी टीका लगाउँदा दंग देखिन्थे ।

भाइटीकामा विभिन्न देशका ३० जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका वालिकाहरुले टीका, माला, ढाका टोपी र खादा लगाइदिएका थिए ।

टीका मालामा सजिएका उनीहरुले नेपाली मौलिक पर्व मनाउन पाउदा खुशी हुँदै लोकदोहरीमा नाँचेका थिए ।

भिडियो हेर्नुहोस: