जासुसीले किन चोरेका थिए बगदादीको अण्डरवेयर ?

एजेन्सी। विश्वको शक्तिशाली आतङ्‍कवादी सङ्‍गठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बकर अल बगदादीबारे जानकारी लिन अमेरिकाले निकै मिहिनेत गर्नुपरेको थियो।

बगदादीबारे जानकारी लिनका लागि अमेरिकी गुप्तचर संस्था (सिआइए) ले कुर्दिश लडाकुको सङ्‍गठन सिरियन डेमोक्रेटिक फोर्सेज (एसडिएफ) सँग साठगाठ गरेको थियो।

एसडिएफका एक जासुस सावधानीपूर्वक बरिशास्थित बगदादी बसेको घरमा पुगेका थिए। जासुसले बगदादीको अन्डरवेयर चो’रेर एसडिएफका जासुसलाई उपलब्ध गराएका थिए। जब बगदादीलाई मा’रि’यो त्यसपछि अन्डरवेयरसँग प्राप्त स्याम्पलसँग बगदादीको डिएनए मिलाइएको थियो। बगदादीको डिएनए अन्डरवेयरबाट प्राप्त स्याम्पलसँग मिलेको छ। यही आधारमा अमेरिकाले बगदादीको मृ’त्यु भएको पुष्टी गरेको छ।

एसडिएफका एक वरिष्ठ सल्लाहकार पोटल केनले अप्रेशनको बारेमा ट्‍वीट गर्दै लेखेका छन्, ‘हामीले १५ मेबाट नै बगदादी रहेको स्थानमा ध्यान केन्द्रित गरेका थियौं र उनको खोजी थालेका थियौं।’

पोटलले भनेका छन्, ‘हमलाको आ\शङ्‍काले लगातार आफू रहेको स्थान परिवर्तन गरिरहेका थिए। यस पटक पनि उनी आफू रहेको स्थान परिवर्तन गर्ने नै थिए। हाम्रो एक जासुस उनको घरमा गए र बगदादीका केही अन्डरवेयर चो’रे। यसपछि अन्डरवेयरको स्याम्पलसँग उनको डिएनए म्याच गरियो। त्यसपछि उनी बगदादीनै रहेको निश्‍चित भयो।’

आइएसलाई ख’त्तम गर्ने अमेरिकाको अभियान जारी

अमेरिकाले बगदादीको ह’त्यापछि पनि सिरियामा यस आ’तङ्‍क’वादी सङ्‍गठनवि’रुद्धको अभियान जारी नै राखेको छ।

अमेरिकाका रक्षामन्त्री मार्क एस्परले सिरियामा २०१४ देखि सक्रिय रहेको आत’ङ्‍कवादी समूह आइएसलाई निस्तेज गर्ने अमेरिकाको अभियान जारी रहने बताएका छन्।

अमेरिकी सैन्य उच्चअधिकारी मार्क मिलेले एक समारोहलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामीले पश्‍चिम एशियाबाट आफ्नो इतिहासबाट पाठ सिकेका छौं कि यदि उद्देश्य प्रस्ट भएन भने कुनै सङ्‍घर्षमा अल्झिरहनु उपयुक्त हुँदैन।’

‘एक पुलिस बलको तर्फबाट सानो विवाद सुल्जाउनु हाम्रो प्राथमिकता होइन। आइएसको वि’रुद्ध २०१४ मा सुरु गरिएको हाम्रो अभियान जारी रहने छ र यस आ’तङ्‍क’वादी सङ्‍गठनको हामी परास्त गरेर छोड्नेछौं।’

गत आइतबार अमेरिकी डेल्टा टीमले उत्तरपश्चिम सिरियामा इदलिबको गाउँमा लुकेका विश्‍वका मस्टवान्टेड आत’ङ्‍क’वादी बगदादीलाई विशेष सैन्य अभियानबाट मा’रेको थियो।