प्रचण्ड हिं’सावादी हो, यसले हिं’सा मात्रै बुझ्छ भन्ने भ्रम हटाउनु होला: प्रचण्ड

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्। नेकपा मोरङले चाडबाडको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

शुभकामना आदनप्रदान तथा प्रशिक्षणमा कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दाबी पनि गरे। ‘जसरी मदन मण्डारी झापा विद्रोहकालीन अरिजिनल माले हुनुहुन्नथ्यो, त्यसैगरी म पनि ओरिजिनल माओवादी होइन,’ अध्यक्ष प्रचण्डले भने ‘हामी दुवैजना तात्कालीन पुष्पलाल समूहमा आवद्ध सदस्यहरू थियौँ।’

उनले मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरूपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै भने ‘मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी हो।’

दुवैजना पुष्पलाल समूहबाट अन्य समूहमा आवद्ध भएर छोटो समयमा नै आन्दोलनको नेतृत्वको रूपमा स्थापित भएको र स-साना कम्युनिष्ट पार्टीहरूलाई समेट्दै दुवै नेताहरू एउटै समयमा छुट्टाछुट्टै पार्टीको महासचिव भएको प्रचण्डले स्मरण गरे। एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ भन्ने अभियानमा मदन भण्डारी र आफूले पहल थाल्दैगर्दा उनको हत्या भएको प्रचण्डको दाबी थियो।

‘प्रचण्ड हिं’सावादी हो, यसले हिं’सा मात्रै बुझ्छ भन्ने भ्रम हटाउनु होला,’ प्रचण्डले भने, ‘गतिशिल र सिर्जनशिल ढंगले हिंड्ने म र मदन भण्डारीलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु।’

पूर्वएकता केन्द्र मसालमा महामन्त्री मोहन वैद्यले सशस्त्र क्रान्ति गर्नुपर्छ भन्दै ०४६ सालमा सेक्टर काण्ड घटाएको भन्दै उनले त्यसबेलै आफूले त्यस्ता गतिविधि आन्दोलनको बेलामा हुनुहुँदैन भनेर आफूले भनेको पनि बताए।