यस्तो रह्यो कोइराला परिवारको तिहारको टीका

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना तीन दाजुभाईहरूलाई तिहारको टीका लगाइदिएकी छिन् ।

काठमाडौंको मण्डिखाटारस्थिट आफ्नै निवासमा मंगलबार सुजाताले टीका लगाइदिएकी हुन् ।

तिहारको टीका लगाउन प्रकाश कोइराला, डा.शेखर कोइराला र डा.शशांक कोइराला सुजाताको निवासमा पुगेका थिए ।

सुजातासँग टीका लगाइसकेपछि प्रकाश, डा.शेखर र डा.शशांक कोइरालाले पनि उनलाई टीका लगाइदिएका थिए ।