तिहारको समयमा चन्द्रागिरीबाट राजधानी झिलिमिली नियाल्नुको मज्जा नै बेग्लैै, कुलमान पुगे

काठमाडौं। हिन्दू धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड मानिने तिहार धुमधामका साथ चलिरेहेको छ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा घरलाई फूल र बत्तिले झिलिमिली पारेर सजाइन्छ । विशेषगरी तिहारको समयमा विजुली बढी खपत हुने समय पनि हो । तिहारको समयमा अन्य समय भन्दा राजधानी उज्यालो बन्ने गर्छ । कुनै समय १८ घण्टासम्म लोडसेडिङको मारमा परेका नेपालीहरूले केही वर्षयता उज्यालोको पर्व मानिने तिहारमा त्यसको समस्या बेहोर्नुपरेको छैन ।

अझ कुनै बेला लोडसेडिङले अन्धकार बन्ने राजधानीलाई तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो बनाइदिएपछि तिहारको थप रौनक बढेको छ । यतिबेला काठमाडौं उपत्यकाका नजिकैका डाँडा पुग्ने हो उज्यालो काठमाडौं झिलिमिली बनेको मन मोहक दृश्य हेर्न पाइन्छ । विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन । यो वर्ष पनि नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

उनले यसअघिनै भनेका थिए ‘तिहारमा बत्ति जाँदैन, चाहे जति बिजुली खपत गर्नुस् ।’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ राजधानीको झिलिमिली र उज्यालो एकै साथ हेर्न चन्द्रागिरी हिल्स् पुगेका छन् । बेलुका साझ पुगेका घिसिङ राजधानीको झिलिमिली र तिहारको रौनकमा भुले । उनको मनमा साच्चिकै लोडसेडिङ्ग मुक्त राष्ट्र बनाउने काममा सफलता मिलेको कल्पनामा डुवुल्की मारेकी भने आभाष हुन्थ्यो । चन्द्रागिरी डाँडाबाट झिलिमिली राजधानी हेर्न कुलमान आफै आएर दृश्य नियाल्दा चन्द्रागिरीका महाप्रबन्धक अभिषेक विक्रम शाहा खुसी देखिन्थ्ये । उनी भन्छन् ‘तिहारको समयमा चन्द्रागिरीबाट राजधानी नियाल्नुको बेग्लैै मज्जा छ ।’