देशमा विकास, निर्माण र समृद्धिको युग सुरू भएको हेर्न नचाहने तत्वहरु प्रतिवद्ध छन् – प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिष्ट पाट्टीको वर्तमान सरकारलाई बदनाम गराउन विभिन्न खालका परिवर्तन विरोधी लागेको बताएका छन् । सरकारको वि’रोध गर्नेहरु परिवर्तन वि’रोधी भएको उनको भनाई छ ।

नेपाल संवत् ११४० का अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले ‘विभिन्न खालका परिवर्तन विरोधी, प्रगति विरोधी निरंकुश प्रवृत्तिका मानिसहरूले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई बदनाम गराउन रातदिन प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता प्रवृतिको प्रतिवाद गर्न सबै जाति, भाषा र संस्कृतिका समुदायलाई अपिल गरेका छन् ।’

‘सरकारलाई के गरी ब’दनाम गराउन सकिन्छ ? कम्युनिष्ट पार्टीका नेताहरूबीच कसरी वि’वाद ल्याउन सकिन्छ ? भनेर परिवर्तन वि’रोधी तत्वहरू लागि परेका छन्,’ उनले भने, ‘देशमा बलियो सरकार भएको हेर्न नचाहने, देशमा विकास, निर्माण र समृद्धिको युग सुरू भएको हेर्न नचाहने त्यस्ता तत्वहरुको प्रतिवद्ध गर्न आ–आफ्नो ठाउँबाट जुटन पनि सबै समुदायलाई अपिल गर्दछु। ’साथै उनले देशमा राजनीतिक स्थायित्व कायम गर्ने काम अझै चु’नौतीपूर्ण भएको बताएका छन्।

अध्यक्ष दाहालले कार्यक्रममा देशमा स्थायित्व दिन र विकास निर्माणलाई गति दिन पार्टी एकता गरेको बताउँदै यसलाई सुदृढ गर्नु अझ ठूलो जिम्मेवारी भएको बताएका हुन्। एकताको घोषणासहित गठबन्धन गरे चुनावमा गर्यौं । तर यसलाई सुदृढ गर्ने कुरा आज पनि निकै ठूलो जिम्मेवारीको कुरा छ,उनले भने, यो पार्टी एकता सुदृढ गरेर देशमा राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राजनीतिक स्थायित्वलाई सुदृढ गर्ने, जनताको विकास निर्माणको चाहनालाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न आवश्यक छ।