‘धूम ४’ मा को ?

एजेन्सी। यशराज फिल्म्सको चर्चित सिरिज ‘धुम ४’ मा बलिउड अभिनेता अक्षय कुमार देखिन लागेको खबर केही दिनयता निकै चर्चामा छ । चर्चित पत्रिका मिड-डेले फिल्ममा उनले भिलेनको भूमिका निर्वाहा गर्न लागेको खबर छापेको थियो । तर, यो सत्य नभएको निर्माण कम्पनी यशराज फिल्म्सले बताएको छ । फिल्ममा अक्षय हुने कुरा निराधार र गलत रहेको कम्पनीको भनाई छ ।

एक मेलमा यो कुरालाई खण्डन गर्दै यशराज फिल्म्सले खुलासा गरेको छ, “आर्टिकल विल्कुल गलत र निराधार छ ।” मेलमा अगाडि भनिएको छ, “यशराज ब्यानरका लागि ‘धूम’ एक अत्यन्त महत्वपूर्ण प्रोजेक्ट हो, तर अहिले ‘धूम ४’ का लागि कुनै विचार र स्क्रिप्ट छैन ।” ‘धूम’ को अघिल्ला तीन सिरिजले बक्सअफिसमा जबरजस्त व्यापार गर्न सफल भएका थिए ।