पर्खाल नाघेर सिंहको अगाडि नाच्न थालिन् महिला, हेर्नुस् त्यसपछि जे भयो… (भिडियोसहित)

एजेन्सी । एक महिलाले सुरक्षा घेराको पार गर्दै चिडिया खाना भित्र सिंहका अगाडि डान्स गरेकी छन् । उनले डान्ससँगै सिंहलाई जिस्क्याउने प्रयास गरिन्।

अमेरिकाको ब्रोन्क्स चिडियाखानामा एक महिलाले गरेको डान्स अहिले संसारभर भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा महिला एक सिंहको अगाडि डान्स गरेको देख्न सकिन्छ ।

महिलाले डान्स गर्दा सिंह भने शान्त देखिएको छ । यो घटना अघिल्लो शनिबारको हो । चिडियाखानाका अधिकारीहरुले जनावर र अवलोकनकर्ताको सुरक्षामा गम्भीर भएको बताएका छन् ।

डेली मेलकाअनुसार भिडियोमा देखिएको सिंह अफ्रिकी प्रजातिको हो । घटनामा महिला र सिंह दुवैलाई नोक्सानी नपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जालमा महिलाको हर्कतलाई खराब भनेर टिप्पणी गरिएको छ ।