प्रचण्डलाई बाबुरामको प्रश्न: मदन भण्डारी र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि ?

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई तपाईं डुप्लीकेट माओवादी हो भनेर व्यंग्यात्मक प्रश्न गरेका छन्।

शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू ओरिजनल माओवादी नभएको अभिव्यक्ति दिएको प्रसंगमा डा.भट्राईले ‘तपाईं ओरिजन माओवादी नभए डुप्लीकेट माओवादी हो?’ भनेर प्रश्न गरेका हुन्।

डा.भट्राईले शुक्रबार राति ट्वीट गर्दै प्रचण्डको ओरिजिनल र डुप्लीकेट अवतारलाई अवसरवादको रुपमा चित्रण गरेका छन्।

‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि ओरिजनल हुने कुरा भएन’ भट्टराईले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्, ‘आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने?अनि आफुलाई चौम को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ। पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि? यसरी ‘माछा देखे भित्र हात, सर्प भए बाहिर हात’ कहिलेसम्म?’

‘पुष्पलाल ओरिजनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन!आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने?अनि आफुलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ!पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि?यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म?’

अर्को ट्वीटमा प्रचण्डलाई आफ्ना परम मित्र भन्दै उनले प्रश्न सोधेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो?यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो।’