७० लाख करोडको सुन मन्दिर र घरमा स्टक !

एजेन्सी। भारतको दुई वर्षको बजेट भन्दा बढी सुन भारतीय जनता र मन्दिरका गुठीले राखेको पाईएको छ । विश्व सुन परिषदका अनुसार भारतीय जनताको घरमा र भारतका विभिन्न मन्दिरमा ७० लाख करोड भारतीय रुपैंया बराबरको सुन मौज्दात छ ।

परिषदका प्रबन्ध निर्देशक सोमसुन्दर पीआरले भारतमा यो स्टक अझै बढ्ने बताए । भारतको सन् २०१९ को बजेट २७ लाख ८६ हजार ३ सय ४९ हो, तर भारतका घर र मन्दिरमा ७० लाख करोड रुपैंया बराबरको सुन मौज्दात छ ।

उनीहरुका घरमा भारतीय रिजर्व बैंकमा धेरै थोरै सुन मौज्दात छ । परिषदले २५ हजार टन सुन बाहिर स्टक रहेको सार्वजनिक गर्दा बैंकमा भने ६ सय १८ टन सुन मौज्दात छ ।

भारतमा विवाह र तिहारको समयमा बढी सुन माग हुन्छ । भारतको सुन बजारमा माग हुने कुल सुन मध्ये ५० प्रतिशत विवाहमा हुन्छ । भारतमा एउटी दुलहीलाई औषत २०० ग्राम सुनको कारोवार हुन्छ ।

भारतमा आम्दानी जति प्रतिशतले बढ्छ, सुनको माग पनि सोही दरमा बढ्छ । तर मुल्यबृद्धिको अनुपातमा आधा मात्रै मागमा गिरावट आउँछ ।
विश्व बजारमा माग हुने कुल सुनको परिमाणको एक चौथाई माग भारतमा मात्रै हुन्छ । विश्वमा मौज्दात हुने सुनको १५ प्रतिशत भारतमा मात्रै रहेको परिषदले जनाएको छ ।

तथ्यांक अनुसार अमेरिकाको केन्द्रीय बैंकमा ८ हजार १ सय ३३ दशमलव ५ टन स्टक छ ।