‘सिधा कुरा जनतासँग’ कार्यक्रममा म्यानपावरको गुना’शो पोख्ने युवालाई दुबई प्रहरीले समा’त्यो !

  • अनिल अधिकारी

काठमाडौँ | न्युज-24 टेलिभिजनमा आफ्नो गुनाशो पोख्ने एक नेपाली युवालाई दुबई प्रहरीले नियन्त्रणमा लिएर केहि ८ घण्टापछि छाडिदिएको जानकारी प्राप्त भएको छ ।

चार महिना अघि नेपालका म्यानपावरलाई ३ लाखदेखि ३ लाख ६० हजारसम्म बुझाएर दुबईको फेडरल सेक्युरिटी सर्भिस एलएलसी कम्पनिमा पुगेका युवाहरुले आफूहरुले सम्झौता अनुसार तलब र काम नपाएको भन्दै केहि दिन अघि साझा सबाल मिडियामा गुनाशो गरेका थिए । साझा सबाल मिडियाले युवाहरुको गुनाशोको आधारमा ‘दुबईको फेडरल सेक्युरिटीमा गएका युवाहरुको बि’चल्ली: सम्झौता अनुसार न तलब, न काम’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

त्यसको केहि दिनपछि सोहि कम्पनीमा कार्यरत आयुष डाँगीले न्युज-24 टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासंग’ लाई भाइवर मार्फत उक्त कम्पनिमा आफूहरुले पाएको पी डाबारे गुनाशो गरेका थिए । साझा सबाल मिडियाले युवाहरुको नाम नतोकी समाचार बनाएको कारण कसले मिडियालाई सूचना दियो भन्ने जानकारी नपाएको भएपनि ‘सिधा कुरा जनतासंग’को ४४६ औं भागको कार्यक्रममा पि’डित आयुष डाँगीको नेतृत्वमा नेपालको मिडियाले खबर पाएका रहेछन् भन्ने सम्बन्धित म्यानपावरहरुले थाहा पाएका थिए ।

डाँगीले टेलिभिजन कार्यक्रम मार्फत आफूहरुलाई चार महिनादेखि कम्पनीले भनेजति तलब र काम नदिएको कारण पि’डित भएको गुनाशो गरेका थिए । बिभिन्न म्यानपावर मार्फत दुबई पुर्याईएको उनीहरुलाई म्यानपावरले ३ लाख ६० हजार लिएको उनीहरुले बताएका थिए ।

टेलिभिजन कार्यक्रममा गुनाशो गरेपछि नेपालबाट उक्त कम्पनीमा पठाउने म्यानपावर तथा व्यक्तिको सूचनाको आधारमा बुधबार डाँगीलाई दुबई स्थित कम्पनीले सेरा कार्ड बनाइदिने नत्र भोली ५ हजार दिराम फाइन लाग्ने भन्दै बहाना बनाएर कार्यालयमा बोलाएको बुझिएको छ । कम्पनीमा डाँगीलाई झन्डै डेढ घण्टा थर्काइएको तर केहि नलागेपछि प्रहरीले लगेको बताइएको छ । डाँगीलाई दुबई प्रहरीले दुबईको समय अनुसार बुधबार दिउसो १ बजेदेखि बेलुका ९ बजेसम्म सोधपुछ गरेको डाँगीसंगै रहेका उनका साथीहरुले साझा सबाललाई जानकारी दिएका छन् । कम्पनीले अफिसमा काम छ भन्दै लगेको साथीलाई दुबई प्रहरीले समातेको छ भन्ने सुनेपछि आफूहरु पनि ड’राएको एक युवाले जानकारी दिएका छन् ।

टेलिभिजनमा कम्पनीबिरु’द्ध गुनाशो परेपछि म्यानपावर सम्बन्धित भुपाल सिवाकोटीले दुबईमा रहेको फेडरल सेक्युरिटी सर्भिस एलएलसीमा व्हाट्सएप मार्फत भिडियो पठाए, त्यसपछि कम्पनीले डाँगीलाई अफिस बोलाएको उनका साथीहरुले बताएका छन् । डाँगीलाई उदृत गर्दै उनका साथीहरुले बताए अनुसार डाँगीलाई दुबईमा रहेको कम्पनीका हम्जा नाम गरेका संचालकले १ घण्टा भन्दा बढी थर्काए, उनले थर्काउन नसकेपछि कम्पनीले दुबई प्रहरीमा आवद्द पाकिस्तानीलाई बोलाएर थर्काउन लगायो । त्यति हुँदा पनि कम्पनी बिरु’द्ध बोल्न नछाडेपछि डाँगीलाई हतकडी लगाएर प्रहरीले लगेको थियो । अरवी प्रहरी अधिकारीहरुको सोधपुछपछि डाँगीलाई बिभिन्न सर्तहरु राखेर छाडिएको छ । दुबई प्रहरीले डाँगीलाई राखेको सर्त अनुसार दुबईको बारेमा केहिपनि भन्न नपाउने, युवाहरुलाई पि’डित बनाउने कम्पनीको बारेमा भन्न पाउने, कम्पनी बिरु’द्ध लेवर कोर्टमा उजुरी दिन पाउने, नेपाली दुतावासमा सम्पर्क गर्न पाउने लगायत रहेका छन् ।

दुबई स्थित फेडरल सेक्युरिटी कम्पनीका संचालकले नेपालबाट १०० जना कामदार आफ्नो कम्पनिमा आउने तयारी गरिरेहेको अवस्थामा डाँगीको कारण ति कामदार दुबई ल्याउने काम प्रभावित भएको भन्दै डाँगीलाई भनेका थिए । उनले नेपालबाट आफ्नो कम्पनीमा कामदार ल्याउने बाटो टुट्न लागेको भन्दै डाँगीसँग आ’क्रोश पोखेको जानकारी प्राप्त भएको छ । दुबई प्रहरीले कम्पनी बिरुद्ध उ’जुरी गर्न पाउने सर्त सहित छाडेपछि डाँगीलाई कम्पनीका संचालकले बिभिन्न प्र’लोभन देखाएर कम्पनी बिरु’द्ध नबोल्न आग्रह गरेको फेडरल सेक्युरिटीमा कार्यरत अन्य नेपाली युवाहरुले बताएका छन् ।

घ’टनापछि युवाहरुलाई दुबई पठाउनमा संलग्न बिर्तामोडका भुपाल सिवाकोटीले दुबईमा सोहि कम्पनीमा रहेका बिर्तामोडका विजय चौधरीलाई फोन मार्फत ‘तिमीहरुले के गर्न आटेको भन्दै’ थर्काएको जानकारी प्राप्त भएको छ ।