एक डान्सर युवती कसरी हुन पुगिन अरबपति ?

काठमाडौ। नीता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । नीता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । नीता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् । उनले नर्सी मोन्जी कलेज अफ कमर्स एण्ड इकोनोमिक्सबाट बि कमको अध्ययन पुरा गरेकी थिइन् । उक्त कलेज मुम्बईमा रहेको छ ।

बाल्यकालदेखि नै नृत्यको सौखिन रहेकी उनले भारत नाट्यम पनि सिकेकी छिन । उनले विवाह पुर्व विभिन्न कार्यक्रममा नृत्य पनि प्रस्तुत गरेकी थिइन् । उनको पिता बिरलाको एक कम्पनीमा उच्चाधिकारी थिए । नीतालाई भारतीय क्लासिकल डान्समा शुरूबाट नै धेरै रूचि थियो र उनी यसमा आफ्नो करियर बनाउन चाहन्थिन् जबकि उनकी आमा उनलाई एक चार्टर्ड अकाउन्टेन्ट बनाउन चाहती चाहन्थिन् ।

उनको उच्च शिक्षा मुम्बईको प्रसिद्ध नरसी मोन्जी कलेज अफ कमर्स र इकोनामिक्सबाट भयो ।मुकेश अम्बानीका पिता धिरुभाइ अम्बानीले नितालाई एक नृत्य कार्यक्रममा भेटेका थिए । उनले नितालाई केही दिनसम्म विशेष काम छ भनी बोलाइ राखेका थिए । अन्ततः उनले आफ्नो मनको कुरा भने छोडे । उनले आफ्नो ठुलो छोरा मुकेश अम्बानीलाई भेट्न आग्रह गरे । उनले पनि नाहिँनास्ती गर्न सकिनन् । त्यसपछि उनको भेट मुकेश अम्बानीसँग भयो ।

मुकेश र नीता बारम्बार भेट गर्न थाले । अन्ततः ती भेटहरु प्रेममा परिणत हुन बेर लागेन । मुकेशले आफ्ना मनका भावनाहरु थाम्न सकेनन् । मुम्बईको अत्यन्त व्यस्त स्थलमा मुकेशले नितालाई प्रपोज गरे । निताले आफ्ना भावनाहरु नियन्त्रण गरिन् । तर, उतिखेरै भने उनले प्रस्तावलाई अस्वीकार पनि गरिनन् । सन् १९८५ मा मुकेश र नीताको विवाह भयो । विवाह गर्दा निता २२ वर्षकीमात्र थिइन् । विवाह पुर्व टिचर पेशा अपनाइ रहेकी उनले विवाहपछि पनि केही वर्ष पढाउने काम गरिन् ।यी दम्पत्तिको दुई छोरा र एक छोरी सन्तान रहेका छन् । नीता अम्बानीले आइभिएफ मार्फत दुई जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । निता अम्बानीलाई पौडी खेल्न, नाच्न, र आफ्ना सन्तानहरुसँग समय बिताउन एकदमै मनपर्छ ।

नीता अम्बनीको तौल कुनै समय ९० केजीभन्दा बढी थियो । उनले आफ्नो छोरा अनन्तलाई तौल घटाउन ठुलो प्रेरणा दिने काम गरेकी थिइन् ।नीता अम्बानी धीरूभाई अम्बानी इन्टरनेशनल स्कूलकी संस्थापक र चेयरपर्सन हुन् । उनलाई श्री चन्द्रशेखरेन्द्र सरस्वती विश्व महाविधालय (एससीएसवीएमवी यूनीवर्सिटी) कांचीपुरमबाट डाक्टरेटको उपाधि मिल्यो । यो उपाधि उनलाई शिक्षा, समाज सेवा र मानव प्रेमको लागि मिलेको हो ।नीता मुम्बई इन्डियन्स क्रिकेट टीमकी सह-मालक पनि हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र नेशनल एसोसिएशन अफ ब्लाइन्डको “दृष्टि” नामक समाज सेवी संस्थामा पनि जुडेकी छिन् ।

त्यस्तै नीता अम्बानी धीरू भाई अम्बानी इन्टरनेशनल स्कुलबाट जुन २००३ मा भहएको शुरूआतसग जुडेकी छिन् । यो स्कूल मुम्बईको केहि राम्रा स्कुलहरूमध्ये एक हो । भारतमा यो ३७ नामि स्जुलहरूमा शामिल छ जुन देशमा प्रतिष्ठित “इन्टरनेशनल बेक्केलोरेट प्रोग्राम” उपलब्ध गराउछ । नीता धीरूभाई फाउन्डेशनको पनि मुखिया हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र युएनएआईडीएसको एड्स इनिशीएटिवको पनि हिस्सा हुन् । नीता अम्बानी रिलायन्स इन्डस्ट्रीजको सामाजिक र धर्मार्थसित जोडिएको कर्यहरूलाई हेर्छिन् ।