१९ वर्षीया छात्रालाई जि’उँदै जलाउने १६ जनालाई मृ’त्युद’ण्ड

एजेन्सी। बंगलादेशको अदालतले छात्रालाई जिउँदै आगो लगाउने १६ जनालाई मृ त्युद ण्डको स जाय तोकेको छ । १९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौ नहिं साको उ जुरी दिएपछि उनलाई विद्यालयभित्रै आ गो लगाइएको थियो । करिब ८० प्रतिशत शरीरमा आगोले ज लेकी रफीको उपचारका क्रममा अप्रिल १० मा नि ध न भएको थियो ।

उनको मृ त्युले बंगलादेशका साथै विभिन्न देशमा त हल्का नै म च्चाएको थियो । यस्ता मुद्दा सुल्झिन वर्षौं लाग्ने यो देशमा नुसरतको मुद्दा निकै छिटो सल्टिएको धेरैले बताएका छन् । वकिल हाफेज अहमदले पत्रकारलाई भने, ‘यसले बंगलादेशमा ह त्या गर्नेहरु कसैगरी पनि उम्किन सक्दैनन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।’

रफीलाई खास के भएको थियो ?

रफीले प्रधानाध्यापकले बारम्बार गलत तरिकाले छोएको र यौ न दुर्व्य वहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेकी थिइन् । उनलाई मुद्दा फिर्ता गर्न दबाब पनि दिइएको थियो तर मुद्दा फिर्ता गर्न नमानेपछि आरोपी प्रधानाध्यावपकले मट्टितेलमा छ र्केर आ गो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ ।

‘रफीलाई उनकै विद्यालयको छतमा लगी प्रहरीमा दायर भएको यौ न दुर्व्यव हारसम्बन्धी मुद्दालाई फिर्ता लिन द बाब दिएको तर मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको ह  त्या आ रोपमा प क्राउ परेका १७ जनामध्ये एक आ रोपितले बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी उपरिक्षक मोहम्मद इकबालले एएफपीलाई बताएका थिए ।

रफीले मार्चको अन्त्यतिर आफूमाथि यौन दुर्व्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेको तर प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घ टनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देशव्यापीरूपमा चर्चा पाएको थियो ।

बयानमा प क्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा ९स्कार्फ०ले बाँधी आगो लगाएको जनाइएको छ । उक्त घ टनामा तीन जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ ।

किशोरीले आ त्म ह त्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भएपनि आ गोले ज लेर पछ्यौराले बाँ धिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरिक्षक इकबालले बताए ।

रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दो षारो पण गरेकी थिइन् ।

उनले भिडियोमा भनेकी थिइन्, ‘प्रधानाध्यापकले मलाई गरेको यौ न आ क्र म णको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु ।’ उनले घ टनामा संग्न अन्य केहीको पनि परिचय दिएकी थिइन् ।