मृ’त्युुको मुखबाट फर्केकी जलजला नेपाल आइडलको अडिसनमा (भिडियो)

काठमाडौं। गायन रियालिटि शो नेपाली तारामा टप ६ सम्म पुग्न सफल जलजला परियार अहिले नेपाल आइडल सिजन ३ को अडिसनमा सहभागी हुन आएकी छिन् ।दुबै किड्नीले काम नगरेर मृ,त्युको मुखमा पुगेकि जलजलालाई आफ्नै आमाले किड्नी दिएर बचाएका हुन् ।

केही समय अगाडि उपचारको लागि भारतको अस्पतालमा लडिरहेकी जलजलालाई देशविदेश बाट सहयोगी मनहरुले सहयोग गरेपछि उनको किड्नी प्रत्यारोपण गरिएको थियो ।

चलचित्रमा समेत गीत गाउने अवसर पाइसकेकी जलजला नेपाल आइडलमा किन सहभागी बनिन् भन्ने प्रश्नमा उनी भन्छिन् : “नयाँ जीवन पाए सँग फेरि केही गर्न मन छ।”जलजलाले चलचित्र बाटो मुनिको फूल २ मा गीत गाइसकेकीछिन् भने अन्य एल्बमहरुमा आवाज भरेकी छिन् ।

आज भएको नेपाल आइडल सिजन ३ को काठमाडौं अडिसनमा १० हजार सहभागी मध्य कम्तिमा अाधीले मात्र अडिसन दिएकाछन् । आज अडिसन दिन नपाएकाहरु भोली अडिसन दिनेछ ।