फोटोमा हेर्नुहोस, डीपीआरमा यस्तो देखियो गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला

काठमाण्डौँ । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको बिस्तृत गुरु योजना (डीपीआर) तयार भएको छ ।

धुर्मुुस सु्न्तली फाउण्डेशनले बनाउन लागेको रंगशालाको डिपीआरमा थप सुझाब सल्लाहका लागि आज भरतपुर महानगरपालिकाको कार्यालयमा सम्पुर्ण राजनितिक दल, सासद, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,उद्योगी ब्यबसायिहरु,बिषय बिज्ञहरु, सन्चारकर्मिहरुसँग छलफल गरीएको थियो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुुसले तयार डिपीआर सम्बन्धित मन्त्रालय, खेलकुद परिषद,नेपाल क्रीकेट संघमा समेत प्रस्तुत गरीने र सल्लाह सुझाबको आधारमा फाइनल गरीने बताए ।