प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति सकियो – मोहन वैद्य

प्यूठान। नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ले कम्युनिस्ट सिद्धान्त भुलेको आरोप लगाएका छन्।

तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको बताएका हुन् । नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले भने–‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, अब बाबुराम सकिए।’

वैद्यले निर्वाहमुखी अर्थतन्त्रले राष्ट्र समृद्ध नहुने भन्दै वर्तमान सरकारले जनभावना अनुसार आफ्ना काम अगाडि बढाउन नसकेको पनि बताए।

वैद्यले आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचन आफ्नो पार्टीले बहिस्कार गर्ने पनि बताए । ‘अहिलेको सरकार बन्दाम अवस्थामा छ’ उनले भने, ‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ । वैद्यले नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिएको भन्दै संविधानमा पनि नेपालको नक्सा नराखेको आरोप लगाए।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वैद्यले विप्लव समूहको आन्दोलन गर्ने तरिका सही नभएको भन्दै ‘विप्लवले रहस्यमय कार्यदिशा बनाएर युद्धमा गएकाले केही त्यसको काम नभएको टिप्पणी गरे।