चाबहिलको मुल सडकमै घर भ’त्कियो, मान्छे पुरिएको आशंका

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यक्ति पुरिएको आशंका गरिएको छ ।

बुधबार दिउँसो भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको आशंका छ । भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।