प्रकाण्ड पक्राउ परेकै हुन त ? यस्तो छ वास्तविकता

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पक्राउ परेको हल्ला चलेको छ । ऋषि धमलाको रिपोर्टर्स क्लबले संचालन गरेको अनलाइन पत्रिका रिपोर्टर्स नेपाल डटकमले प्रकाण्ड पक्राउ परेको खबर छापेपछि यो हल्ला फैलिएको हो । उक्त अनलाइनले प्रहरीको उच्च स्रोतको हवाला दिएको छ ।

तर प्रहरी स्रोतले भने उनी पक्राउ परेको खबर साँचो नभएको दावी गरेको छ । यता विप्लव नेतृत्वको नेकपाका एक नेताले पनि उक्त घटनामा सत्यता नभएको दावी गरेका छन् ।