शृंखला खतिवडाको महिनावारी अनुभव

काठमाडौं। केही साताअघि पूर्व मिस नेपाल शृंखला खतिवडाले आफ्नो युट्युब च्यानलमा एउटा भिडिओ सार्वजनिक गरिन्।

‘छाउपडीको अनुभव’ नामक उक्त भिडिओमा उनले अछाममा रहेको छाउप्रथाको अवस्था प्रस्तुत गरेकी थिइन्। त्यहाँका महिलाले महिनावारी बेला भोग्नुपर्ने समस्या चित्रण गर्दै शृंखला स्वयं छाउभित्र बसेको देखिन्छ भिडिओमा।

उक्त भिडिओ सार्वजनिक भएलगत्तै शृंखलाले आफ्ना प्रशंसकहरूबाट व्यापक प्रशंसा पाइन्। छ मिनेट लामो भिडिओमा उनले छाउपडीमा बस्दाको संघर्ष र यो प्रथाले निम्त्याएका कयौं घटनाका विषयमा बोलेकी थिइन्।

महिनावारीका विषयमा यस्ता सन्देशमूलक भिडिओ पछिल्ला दिनमा नबनेका होइनन्। तर, शृंखलाको भिडिओ सचेतना अभियानमा मात्र नभई उनी आफ्नै लागि खास र नौलो अनुभव थियो। बाँकी यस भिडियोमा हेर्नुहोस: