पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलासा

काठमाडौं। पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ।

भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्।

उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएको विवरण सहितको खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।