‘प्रचण्डले प्रधानमन्त्री नपाए पार्टी फोड्छन् ’ – डा सुरेन्द्र केसी

काठमाडौँ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले सहमति कार्यान्वयन नभए ओली प्रचण्ड सम्बन्ध धुमिल हुनसक्ने बताएका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच टकराव बढेको समाचारबाहिरिएकै बेला डा. सुरेन्द्र केसीले ओली प्रचण्ड सम्बन्धबारे नेपालआजसँग विस्तृत खुलाशा गरेका हुन् ।

ओली र प्रचण्डबीच प्रधानमन्त्री पद आधि आधि बाँड्ने सहमति कार्यान्वयन होला त भन्ने प्रश्नमा केसीले आशंका व्यक्त गरे । उनी भन्छन् –‘ओलीले छाड्नुपरे मध्यावधिमा जान्छन् ।’ त्यसो भए प्रचण्ड चुप लाग्लान् त ? उनी अगाडि भन्छन् –‘प्रचण्डले प्रधानमन्त्री नपाए पार्टी फोड्छन् ।’

डा. केसीले सभामुख पनि पूर्व माओवादीकै हुने जनाए । ‘लेखेर राख्नुस् सभामुख पूर्व माओवादीकै हुन्छ ।’ उनले स्पष्ट पारे । कांग्रेस नेता मोहम्मद आफताफ आलम प्र’करणमा उनले राजनीति पेशा रहेकाले यस्ता घ’टना आगामी दिनमा अझै खुल्दै जाने बताए । उनको भनाइमा आगामी दिनमा आलमले सफाइ पाउनेछन् ।

चिनिया सहमति कार्यान्वयनबारे पनि उनले आशंका जनाएका छन् । नेताहरुको दोहोर चरित्र अनि भन्ने तर काम नगर्ने प्रवृत्तिले कसरी काम गर्छ हेर्न बाँकी रहेको उनले बताए ।

डा. केसीसँगको विस्तृत अन्तवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला :