महिला प्रहरीलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव बर्खास्त

काठमाडौं। सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ। उपसभामुख निर्मला बडाल जोशीका अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेन्जरमा यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट हटाइएको खबर आजको राजधानी दैनिकमा धनगढीबाट दीपक ओलीले लेखेका छन्।

भट्टले ती महिला प्रहरीलाई बारम्बार यौन पस्ताव गरेर मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानीसहितको म्यासेन्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाइएको उपसचामुखको सचिवालयले जनाएको छ। भट्टको यौन प्रस्तावको कारण उपसभामुख जोशीका अंगरक्षक हरेक दुई महिनामा फेरिने गरेका थिए।