जम्मू-कश्मीरमा पदमबहादुर र गमिल कुमार श्रेष्ठ फेरि दुई गाेर्खा जवान शहीद

काठमाडौ। देशको सुरक्षार्थ पुनः दुईजना गोर्खा जवान शहीद भएका छन्। आइतवार बिहानै जम्मू-कश्मीरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई ल’क्षित गरी पाकिस्तानी सेनाले गरेको गो’ली’बारीमा दुई गोर्खा जवान श’हीद भएको बताइएको छ।

शहीद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ हुन्। यद्यपि उनीहरू कहाँका निवासी हुन्, त्यसको भने पुष्टि भएको छैन। पछिल्ला दुई महिनायता पाकिस्तानी गो’लीबा’रीमा ५ गोर्खा सैनिक शहीद भइसकेका छन्।

केही दिनअघि मात्र पाकिस्तानी सेनाले रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गो’लीबा’रीमा बाघडुग्रामा निवासी नाइक सुवास थापा शहीद भएका थिए। भारतीय सेना सूत्रका अनुसार आज सखारै यु’द्धवि’राम गरी पाक सेनाले तङ्गधार सेक्टरमा गरेको गोलीबारीमा थप ३ सैनिक घा’इते भएका छन्।