विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा

एजेन्सी। भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ।

कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ।

मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको हो।

यो घटनाको तस्विर मिडियामा बाहिरिए पछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिए । पिराजेले सन्तोजषजनक जवाफ नआएमा कलेजको मान्यता रद्द गरिने चेतावनी दिएका छन्।