भेटियो एक अचम्मकी नेता माता, भन्छिन्- ‘पानी पार्न सक्छु र परीरहेको पानी रोक्न सक्छु’

काठमाडौं। बेला बेलामा सामजिक संजालमा बाबको नामले माताको नामले विभिन्न व्यक्तिहरु चर्चामा आइरहेका छन् । यसैबीच पशुपती वरपर घुम्ने एक जना अचम्मको माता भेटिएकी छन् । उनको अनुसार उनलाई चण्डी माता भन्ने गरिन्छ । उनमा दैबी शक्ती छ ।

२०६४ सालमा त्रिशुल बोकेर हिड्दा आफसे आफ उनमा शक्ति आएको बताउछिन् । डाक्टर, धामी झाकृले सन्चो नपारेको बिरामी समेत आफुले सन्चो पारेको दावी गर्छिन् । यसै गरी पानी परेको रोक्न सक्छु धर धरी पानी पर्न सक्छु पनि भन्छिन् ।

यसो भनिरहंदा मिडियाकर्मीले उनलाई तत्काल पानी पारेर देखाइदिन आग्रह गरे तर उनले पार्ने ट्राइ गरेको छैन पर्दै गरेको पानी चाहि रोकिदिन सक्छु भन्दै तर्किन् । पत्रकारको अर्को प्रश्नमा तपाइँ नेता हो कि माता हो भनेर सोधेपछि उनले भनिन्, मा नेता माता हुँ भनेर ठोकुवा समेत गरिन्।

उनीसंग गरिएको बाँकी कुराकानी तलको भिडियोमा हेर्नुहोस् –