मिस्टर बिनका छोरा गोर्खा रेजिमेन्टमा आवद्ध

काठमाडौं । विश्वका चर्चित हास्यव्यंग्य कलाकार मिस्टर बिन अर्थात् रोवन एट्किनसनका छोरा बेन्जामिन एट्किनसन वेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ति भएका छन् ।

२६ वर्षका बेन्जामिन बेलायती सेनाका लेफ्टिनेन्ट हुन् ।तीन महिनाको नेपाल भ्रमणपछि बेन्जामिन वेलायतको नेपाली आवद्ध गोर्खा रेजिमेन्टमा आवद्ध भएका हुन् ।

बेलायतमा गोर्खा रेजिमेन्ट सम्मानीय सेनाको समूह मानिन्छ । गोर्खा रेजिमेन्टमा आवद्ध भएपछि बेन्जामिनले नेपाली भाषा सिक्नुपर्ने हुन्छ ।

गोर्खाली सेनामा भर्नाको प्रक्रिया पूरा गर्न बिनले तीन महीनाजति नेपालमा बिताएका थिए । नेपालमा १० साताजति भर्ना प्रक्रिया, नेपाली संस्कृति र भाषाको अध्ययन गरेको पनि बताइएको छ ।

गोर्खाली सेनाका लागि नेपाली संस्कृति पनि जान्न जरुरी भएको भन्दैं उनी नेपाल आएको बताइएको छ । गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै पत्रिकाले बेनले अच्चमै पार्ने हिसाबले नेपाली भाषा छिट्टै सिकेको बताएको छ ।