‘नेकपालाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो !’

  • गंगाप्रसाद भट्टराई 

केपि शर्मा ओली नेतृत्वको सरकारले कुनैपनि हालतमा भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले आरोप लगाउनुभएको जनाइएको छ ।

निर्मला हत्या काण्ड, सुन काण्ड, वाइडवडी काण्ड हुदै बालुवाटार काण्डसम्मको जालोमा फसेको यो सरकारले भ्रष्टाचारको अन्त्य त, के भ्रष्टाचारको बिरोधपनि गर्न नसक्ने अबस्थामा रहेको तर्क गर्नुभयो ।

पछिल्ला केहि घटनाहरुको समिक्षा गर्दै उहाँले सरकारले भाई–भाई भिडाउने काम गरिरहेको प्रति आपति जनाउनुभयो । जनतालाई यो सरकारका मन्त्रीहरु समेत समान्ती देख्छन्, यो कस्तो सरकार हो, यसले कसरी जनताको प्रतिनिधित्व गर्छः उहाँले प्रश्न गर्नुभयो ।

अहिलेको सरकारलाई जनताले भ्रष्टाचारको अन्त्य गर भन्नु र जंगलबाट बाँदर ल्याएर मकैबारीको संरक्षणका लागि जिम्मेवारी दिनु एकै हुने उहाँले ब्याङगे समेत गर्नुभयो ।