मिडियामा खबर आएपछि पूर्व मिस नेपाल उषा खड्गीको मिडियामाथि आक्रोश

काठमाडौँ। मिडियामा आफ्नो र पतिको सम्बन्ध संकटमा परेको खबर आएपछि पूर्व मिस नेपाल उषा खड्गीले प्रतिकार गरेकी छिन । आफुलाई नसोधी आफ्नो व्यक्तिगत विषयलाई समाचार बनाएको भन्दै उषाले आक्रोश पोखेकी हुन्।

उषा खड्गी र जीपी तिमल्सिनाको जोडीलाई उदाहरणीय जोडीको रुपमा लिने गरिएको थियो र यी दुइको रोचक प्रेमकथा र जीवनशैलीहरुलाई धेरैले अत्यन्तै मन पराएका थिए।

यहि बिचमा एकाएक डिभोर्स हुन लागेको हल्ला बाहिर आएपछि यो जोडीका शुभचिन्तक निराश बनेका छन् भने निजी र व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै उषाले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरुमाथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी हुन्।

डिभोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाई समाचार बनाएको देख्दा आफुलाई दुख लागेको उनको भनाइ छ । उषा खड्गीका श्रीमान जीपी तिमल्सिनाले भने यस विषयमा अहिले आफु केहि बोल्न नचाहेको भन्दै यो बारेमा प्रश्न गर्न आफुलाई सम्पर्क नगर्न अनुरोध गरेका छन्।

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस :

“मेरो देशनै अचम्मको,पत्रकारिता मर्यादा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला।कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाइ आफु खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ।

म अचम्म र स्तब्ध छु,सामाजिक संजालमा नेपाली media ले मेरो जीवन को नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमाण स्वीकृती र सहमतिको आवस्यक्ता को जरुरी पर्छ।तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”