मिस वल्डले यसरी घात गर्यो शृंखला खतिवडालाई (हेर्नुस प्रमाण सहित)

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै मेक्सिकाेकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् ।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्यबाट लाई उपाधि विजेता घाेषणा गरेका थिए । युगाण्डाले मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए । त्यस्तै थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।

नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । तर मिस वल्ड जस्तो गरिमामय संसारको प्रतिष्ठित प्रोग्राममा यति सम्म गरियो मिस वल्डको आधिकारिक भेरिफाइड पेजमा टप ५ मा युगाण्डा, मेक्सिकाे, बेलारुस, जमैका र नेपाल लेख्दै पोष्ट गर्यो तर एकाएक नेपालको नाम हटाईयो र थाइल्याण्डको नाम उदघोष गरियो । तल फोटोमा हेर्नुहोस ।

केहि मिनेट पछि त्यो पोष्ट डिलिट गर्यो जुन पोष्टमा ८६८ लाईक आइसकेको थियो र लाईभ ब्रोडकाष्टमा थाइल्याण्डको नाम आयो । यसरी संसारकै चर्चित कार्यक्रममा यस्तो गर्नु कति जायज हो त्यो त समीक्षाकै विषय हो ।

शृंखला खतिवडाले यस पटक भारतलाई पछि पार्दै टप १२ मा भने पर्न सफल भईन । अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।